बैतडी : बैतडीका लागि आज बाट पाठ्यपुस्तक ढुवानी शुरु भइरहेको छ, सोमबार आज र मंगलबार भोलीसम्म बैतडीका लागि पाठ्यपुस्तक ढुवानी हुने शिक्षा बिकास तथा समन्वय ईकाई बैतडीका ईकाई प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।
जिल्लामा ८६ हजार सेट पाठ्यपुस्तक आवस्यक रहेको छ ।कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि ८६ हजार सेट पाठ्यप्स्तक आवस्यक रहेको ईकाई प्रमुख अवस्थीले जानकारी दिए ।
ढुवानी शुरु भइसकेको छ, मंगलबारसम्म पाठ्यपुस्तक पुग्छन्, बैतडीमा ८६ हजार सेट पाठ्यपुस्तक आवस्यक हुन्, सोही अनुसार ढुवानी भइरहेको छ,’ शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले भने ।
प्रतिक्रिया