२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

मुख्यमन्त्री कप यु–१६ क्रिकेट: बैतडी र डडेल्धुरा विजयी

SansherOnline SansherOnline
सोमबार ०४, बैशाख २०८० ०९:४१
मुख्यमन्त्री कप यु–१६ क्रिकेट:  बैतडी र डडेल्धुरा विजयी

 

बैतडी : प्रथम मुख्यमन्त्री कप यु–१६ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा आइतबार सम्पन्न खेलमा बैतडी र डडेल्धुरा  विजयी भएका छन् । डडेल्धुराले कैलालीमाथि ४ विकेटले हराउदा बैतडीले दार्चुलामथि १०९ रनको फराकिलो जित दर्ता गर्यो ।

रिडिकोट खेलमैदान, साँफेबगरमा कैलालीले दिएको १७१ रनको लक्ष्य डडेल्धुराले २३ दशमलब १ ओभरमा ६ विकेटको क्षतीमा पुरा गर्यो । जसमा राजेश ऐरले ६५ रनको योगदान गरे । उनी प्लेयर अफ द म्याच पनि चुनिए । कैलालीका डम्बर माझीले २ विकेट हात पारे ।

त्यसअघि पहिला ब्याटिंग गरेको कैलालीले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतीमा १७० रन बनायो । उसका डबल ऐरले सर्वाधिक ३४ रन बनाए । डडेल्धुराका निरज ऐरले २ विकेट झारे ।

यस्तै अर्को खेलमा बैतडीले दिएको १९५ रनको लक्ष्य पन्छाएको दार्चुला ८५ रनमा अलआउट भयो । उसका हरिश विष्टले १५ रन बनाए । बैतडीका सचिन भट्ट र आयुश चन्दले तीन तीन विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिंगको निम्ता पाएको बैतडीले निर्धारित २५ ओभरमा ९ विकेटको क्षतीमा १९४ रन बनायो । जसमा कप्तान नरेन भट्टले ६४ र सुदीप कार्कीले ५९ रनको पारी खेले । दार्चुलाका खगेन्द्र सिंह महरा र सुरज कडायतले तीन तीन विकेट लिए ।

बैतडीका नरेन भट्ट प्लेयर अफ द म्याच चुनिएका स्कोरर लोकेश जोशीले जानकारी दिनुभयो ।

वैशाख १ देखि शुरु भएको प्रतियोगितामा सहभागी प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहबाट शिर्षमा पुग्ने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल वैशाख ७ गते हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया