२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

परीक्षा दिएर विदामा धनगढी गएकी, बविताको पोखरीमा डुबेर मृत्यु

SansherOnline SansherOnline
आइतबार ०३, बैशाख २०८० १०:२७
परीक्षा दिएर विदामा धनगढी गएकी, बविताको पोखरीमा डुबेर मृत्यु

बैतडी : बैतडीकी एक किशोरीको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ का हर्क बहादुर टेरकी १४ वर्षिया छोरी बविता टेरको धनगढीमा पोखरीमा डुबेर मृत्यु भएको  हो । 

चैत २६ गते साँझ पोखरीमा डुबेर गम्भीर भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा (आइसियू)मा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिबार राति १० बजे मृत्यु भएको मृतक किशोरीका काका राजेन्द्र टेरले बताए ।
 

कक्षा ९ मा अध्यायनरत बविता परीक्षा दिएर विदामा धनगढी घुम्न गएकी थिइन् । बैतडीमा अंकल आन्टीहरु संग बसेर मणिलेक मावि गुरुखोलामा अध्यायन गरिरहेकी बविताका आमा बुवा धनगढीमा बस्थे अनि विदामा धनगढी गएकी थिइन  बविताको मृत्यु भएपछि अहिले घरपरिवा, आफन्त,साथिसंगि सबै शोकमग्न भएका छन् ।  

 

प्रतिक्रिया