बैतडी : बैतडीका स्थानीय तहले ६४ करोड बढी नियमविपरीत खर्चिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा यहाँका स्थानीय तहको ६४ करोड बेरुजु रहेको हो ।
बैतडीमा सबै भन्दा बढी डिलाशैनी गाउँपालिकाको बेरुजु देखिएको छ । डिलाशैनीमा ९ करोड २९ लाख ४० हजार रकम बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम शिवनाथ गाउँपालिकाको बेरुजु रहेको छ । शिवनाथमा ४ करोड ७१ लाख २ हजार बेरुजु रहेको देखिएको छ । पुर्चौंडी नगरपालिकामा ४ करोड ९९ लाख ३० हजार,बेरुजु देखिएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकाकाको ८ करोड ९८ लाख ८९ हजार, मेलौली नगरपालिकाको ६ करोड ७१ लाख ४ हजार, पाटन नगरपालिकाको ६ करोड १७ लाख ६५ हजार, सुर्नया गाउँपालिकाको ५ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ ।
यसैगरी दशरचन्द नगरपालिकाको ५ करोड ८८ लाख ५२ हजार, पञ्चेश्वर गाउँपालिकाको ५ करोड ७८ लाख २५ हजार,र सिगास गाउँपालिकाको ५ करोड ६१ लाख ५७ हजार देखिएको छ । जिल्लाका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ ।
ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीयतहमा बेरुजु रकम बढ्दै गएको हो ।
स्थानीय तहले कानुन मिचेर काम गर्दा यस्तो समस्या आएको हुनसक्छ । कतिपय ठाउँमा कागजपत्र नपुगेर पनि बेरुजु देखिएको हुनसक्छ ।ु स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु बढ्दै जानु भनेको आर्थिक अनुशासन कायम नहुनु रहेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने, ुस्थानीय तहहरुले आर्थिक अनुशासन कायम गर्न नसक्दा बेरुजु रकम बढ्दै गएको छ ।ु
यता केहि स्थानियतहले भने महालेखाको प्रतिवेदनमै समस्या देखीएको दावी गरेकाछन् । केहि स्थानियतहले लेखा परिक्षण गरिएको भन्दा फरक रकम देखिन गएको बताएकाछन् । केहि स्थानियतहले भने क्रमागत योजनाहरुको रकममा पेष्की बेरुजु देखीएकाले ठुलो समस्या नभएको बताएकाछन् । यस प्रकारको बेरुजु देखीनुलाई आर्थिक अनियमितता भन्न नमिल्ने स्थानियतहका पदाधिकारीको भनाई छ ।
प्रतिक्रिया