२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दाेगडाकेदारमा एक युवककाे हत्या,प्रहरी घटनास्थलतर्फ

SansherOnline SansherOnline
शनिबार ०२, बैशाख २०८० १०:००
दाेगडाकेदारमा एक युवककाे हत्या,प्रहरी घटनास्थलतर्फ

 

बैतडी : बैतडीको दाेगडाकेदार गाउँपालिका ८ कालागाउँका एक युवककाे हत्या भएकाे छ। अन्दाजी ३७ वर्षीय वाशुदेव जाेशीकाे हत्या गरिएकाे अवस्थामा शव फेला परेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे ।

आज बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वाशुदेवकाे शव फेला परेकाे हाे । उनकाे धारिलाे हतियार प्रहार गरि हत्या गरिएको बताइएको छ । वाशुदेवकाे कसले र किन हत्या गरे खुल्न बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

थप अनुसन्धानका प्रहरी निरीक्षक खत्री नेतृत्वको टाेली घटनास्थलतर्फ गएकाे छ ।

प्रतिक्रिया