दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका—१ घुल्जरमा लागेको नयाँ वर्ष बिसु मेलाको जात्राबाट घर फर्किने बेला भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मार्मा गाउँपालिका—१ घोल्जर पाखुकी ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र साथमा रहेकी नातनी पर्ने सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको हो ।
उनीहरु शुक्रबार राती बिसु जात्राबाट घरफर्किने बेला बेपत्ता भएका थिए ।शनिबार दिउँसो दुई उनीहरुको शव सुङगर भिरमा फेला परेका हो । शवलाई लटिनाथ स्वास्थ्य चौकीमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया