२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

यु–१६ छनौट खेल्न बैतडीको टोली प्रस्थान

SansherOnline SansherOnline
शनिबार ०२, बैशाख २०८० ०२:३४
यु–१६ छनौट खेल्न बैतडीको टोली प्रस्थान

 

बैतडी : प्रथम मुख्यमन्त्री कप यु–१६ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगिता खेल्न बैतडीको टोली प्रस्थान गरेको छ । सहभागी हुने टोली शनिबार  प्रस्थान गरेको टिम प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

अछामको रिडिकोट खेलमैदान, साँफेबगरमा बैतडीको पहिलो खेल आइतबार  दार्चुलासंग रहेको छ । प्रतियोगितामा सहभागी प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहबाट शिर्षमा पुग्ने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल वैशाख ७ गते हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताए ।  

उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्नेछ । राष्ट्रियस्तरीय छनौट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुँदे  छ । नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया