बैतडी : आज बैशाख १ गते । नयाँ वर्षको पहिलो दिन बैतडीसहित सुदूरपश्चिममा ‘बिसु’ पर्व मनाइदैँ छ । नयाँ वर्षको पहिलो दिनलाई यहाँ धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ । रोजगारी र अन्य कामले टाढा रहेका आफन्तहरु बिसु पर्व मनाउन गाउँघर फर्किएकाले रौनकता बढेको स्थानीयले बताए ।
देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने गरिएको संस्कृतिका जानकार मुरलीधर अवस्थीले बताए । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।
बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।
प्रतिक्रिया