बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ सनसेरीमाण्डौँमा मेला लागेको छ ।
मेलामा सुर्नया गाउँपालिकाका साथै छिमेकी स्थानीयतहहरु दोगडाकेदार,सिगास गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट समेत दर्शनार्थी आउने गरेका छन् । सनसेरीमाण्डौँ बजारसम्म अहिले यातायातको सुविधा भएकाले टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीय बताए ।
सनसेरीमाण्डौँको दर्शन गरेमा मनोकामना पुर्ण हुने जनविश्वास रहेको छ । सनसेरीमाण्डौँमा लाग्ने मेलालाई स्थानीयमा बिसु मेला भनिन्छ । यो ठाउँमा सरिर भएर दर्शनार्थीहरु सिस्नो खेलेर रमाइलो गर्ने गर्दछन् ।
सनसेरीमाण्डौँमा मेलाअवधिभर मदिरा निषेध गरिएको बताइएको छ ।
प्रतिक्रिया