दार्चुला : दार्चुलामा एक युवक र युवतीको शव फेला परेको छ। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका जस्ता लाग्ने युवक र युवतीको शव फेला परेको हो।
युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। युवकको शव भिरमा अडकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले युवतीको परिचय खुलेको जानकारी दिए।
मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिता धामी भएको खुलेको छ। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा युवकको शव अड्किएको अवस्थामा रहेको छ।
यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए।
बिहिबार बिहान साढे ७ बजेतिर ती युवक र युवतीसँगै बासिडाँडा बाटोमा बसिरहेको प्रतक्षदर्शी स्थानीयले बताएका छन्।
प्रतिक्रिया