२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी जिप दुघर्टना : केदारस्यँले किरिया खर्च ३५ हजार नगद दियो, जिप साहुले ५ लाख दिने

SansherOnline SansherOnline
बिहिबार ३०, चैत २०७९ १०:४९
बैतडी जिप दुघर्टना : केदारस्यँले किरिया खर्च ३५ हजार नगद दियो, जिप साहुले ५ लाख दिने

बैतडी : जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको पाटन नगरपालिका८ को झौलेक मोडमा जिप दुर्घटनामा परि घटनास्थलमै ज्यान गुमाएका ६ जनाको परिवारलाई केदारस्यँ गाउँपालिकाले किरिया खर्चवापत ३५ हजार रकम वितरण गरेको छ 

ज्यान गुमाएका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत ३५ हजार दिने निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष मनिष धामीले जानकारी दिए उक्त रकम अन्तिम दाहसंस्कार गर्ने ठाउँमा पुगेर वितरण गरेको उपाध्यक्ष धामीले बताइन् 

मंगलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जीपमा सवार पाँचजनाले हाम फालेर ज्यान बचाएका थिए। 

मृत्युका परिवारलाई जिप साहुले जनही ५ लाख रुपैयाँ दिने सहमति भएको छ। ६ जानाका परिवारलाइ क्षतिपूर्ति स्वरुप ५ लाखका दरले दिने सहमति भएको केदारस्यँ गाउँपालिका.५ का वडा अध्यक्ष मोहन ठगुन्नाले जानकारी दिए । 


 

 

  

प्रतिक्रिया