२०८१ कार्तिक २५ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा प्राज्ञीक विद्यार्थी परिषद् द्वारा ,आयोजित नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
बिहिबार ३०, चैत २०७९ ०२:४९
बैतडीमा प्राज्ञीक विद्यार्थी परिषद् द्वारा ,आयोजित नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

बैतडी : प्राज्ञीक विद्यार्थी परिषद् नेपाल पाटन नगर इकाइ समितिले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।आज पाटन बहुमुखी क्याम्पसमा प्रदेश सदस्य धुर्ब किरण भूलको अध्यक्षमा आयोजित कार्यक्रम सम्पन्न भएको हो्र

उक्त कार्यक्रममा शिक्षक,बिद्यार्थी,प्राज्ञिक विद्यार्थी परिषद्का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।सामाजिक कार्यमा अग्रसर रहँदै आएको यस विद्यार्थी परिषदले आयोजना गरेको उक्त कार्यक्रममा पाटन बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख विनोद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै आगामी दिनमा यस्तै अरू कार्यक्रमहरु गर्न अग्रिम शभकामना पनि दिएका छन््र

साथै प्राज्ञीक विद्यार्थी परिषद् नेपालका सुदूपश्चिम प्रदेश सदस्य तथा कर्यक्रमका अध्यक्ष ध्रुब किरण भुलले नयाँ वर्षको शुभकामना दिँदै , प्राज्ञीक विद्यार्थी परिषद् , नेपालको बारेमा अवगत गराइ विद्यार्थीहरु अध्ययन गर्ने मात्र नभएर भविष्यका देशका कर्णधार भएको पनि उनको भनाइ थियो ।उनले आउने दिनहरूमा थप कार्यक्रमका साथ परिषद् अघि बढ्ने कुरा राख्दै कार्यक्रम को समापन गराउनु भयो।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो। यो सङ्गठनको स्थापना २०५२ मंसिर २४ गते भएको हो । बिधिवत रूपमा २०५४ बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो । समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ ।

यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको छ। हाल यस सङ्गठनले विभिन्न क्याम्पसमा ईकाइ गठन गरी विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ। 

प्रतिक्रिया