२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी जिप दुघर्टना : ढोल्यामोडबाट चालक पक्राउ

SansherOnline SansherOnline
बिहिबार ३०, चैत २०७९ १०:१६
बैतडी जिप दुघर्टना : ढोल्यामोडबाट चालक पक्राउ

बैतडी : झौलेकमा जिप दुघर्टना पछि फरार रहेका चालक पक्राउ परेका छन् । चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरा ढोल्यामोडबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

पक्राउ परेका चालक बोहरा माथी   सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी निरीक्ष खत्रीले बताए  ।  यपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन ८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा बझाङ केदारस्यू बाँझका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप सवार पाँचजनाले हाम फालेर ज्यान बचाएका थिए।

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन्।  ओभरलोडका कारण उकालो सडकमा एक्कासी जिप ब्याक भएर भीरमा खसेको थियो। दुर्घटनामा एकै  गाउँका ६ जनाको  मृत्यु भएपछि  बझाङको केदारस्युँ गाउँपालिका ५ स्थित बाँझ गाउँ शोकमा छ ।

दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए। उनीहरूले चालक,साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गर्दै शव नबुझ्ने अडान लिएका थिए ।  चालक र सवारी धनि  सम्पर्कमा आएर  केदारस्युँ गाउँपालिकाले पनि क्षतिपूर्ति दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता गर्दै शव बुझेका छन्।  
 

प्रतिक्रिया