२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी जिप दुर्घटनास् : शव अस्पताल लगियो, चालक अझै आएनन्

SansherOnline SansherOnline
बुधबार २९, चैत २०७९ ०६:३४
बैतडी जिप दुर्घटनास् :  शव अस्पताल लगियो, चालक अझै आएनन्

बैतडी : झौलेकमा जीप  दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ। बझाङको वित्थडचिर गाउँपालिका–४ स्थित देउलेख स्वास्थ्य चौकीमा पोष्टमार्टमका लागि शव लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  गाडी धनी र चालक सम्पर्कमा नआएको भन्दै पीडित परिवारले सुरुमा शव पोष्टमार्टमका लागि लैजान दिएका थिएनन्।

विरोधमा केही समय सडक अवरोध समेत गरेका थिए।  शव पोष्टमार्टमका लागि पठाइएको र सडक पनि सुचारु भएको प्रहरीले जनाएको छ। गाडी धनी संग छलफल गरेर उहाँहरुको माग सम्बोधन हुने  केदारस्युँ गाउँपालिका–५ का अध्यक्ष मोहन ठगुन्नाले बताए । मंगलबार राति भारतमा मजदुरी गरेर बिसुका लागि फर्किरहेका बझाङको केदारस्युँ गाउँपालिका–५ बाझ र चौडीका ११ जना मजदुर सवार जिप झौलेकमा दुर्घटना भएको थियो।

 ६ जना यात्रुले ज्यान गुमाएका थिए भने चालक सहित ६ जनाले जिपबाट हाम फालेर ज्यान जोगाएका थिए।  झौलेकको मोडमा पछाडि आएको जिप सडकबाट ५ सय मिटर तल खसेको थियो। खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गको झौलेक मोडमा मंगलबार राति  जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामीको  घटनास्थलमै  मृत्यु भएको  हो ।  

जीप  चालक बझाङको केदारस्युँ गाउँपालिका–५ का अर्जुन बोहरा अझै  सम्पर्कमा आएका छैन्न ।  

प्रतिक्रिया