२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी जिप दुर्घटनास् : आफन्तले शव बुझ्न मानेनन्, क्षतिपूर्तिको माग

SansherOnline SansherOnline
बुधबार २९, चैत २०७९ ०३:४९
बैतडी जिप दुर्घटनास् : आफन्तले शव बुझ्न मानेनन्, क्षतिपूर्तिको माग

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु भएका आफन्तले शब नबुझ्ने अडान राखेका छन् । मृतकका आफन्तले आवस्यक क्षतिपूर्ति नपाउदासम्म शव नबुझ्ने अडान राखेका हुन् । उनीहरुले बुधबार बिहानै देखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग खुलेपनी शव नबुझ्ने अडान कायमै राखेका छन्  । चालक सम्पर्कमा आएका छैनन् ।

बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु भएका आफन्तले शब नबुझ्ने अडान राखेका छन् । मृतकका आफन्तले आवस्यक क्षतिपूर्ति नपाउदासम्म शव नबुझ्ने अडान राखेका हुन् । उनीहरुले बुधबार बिहानै देखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग खुलेपनी शव नबुझ्ने अडान कायमै राखेका छन्  । चालक सम्पर्कमा आएका छैनन् । 

मंगलबार राती   ११ बजेको समयमा खोडपे–बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्युभएको  थियो । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्युभएको हो ।  

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान बचाएका थिए ।  जिप चालक २७ बर्षीय अर्जुन बोहरा भने अझै  सम्पर्कमा आएका छैन्न । उनि राति देखिनै फरार  छन् । 
 

प्रतिक्रिया