२०८१ कार्तिक २५ गते आइतबार
ट्रेन्डिङ

शाहीलेकमा पुग्दा यस्तो अवस्थामा थियो जिप

SansherOnline SansherOnline
बुधबार २९, चैत २०७९ १०:०४
शाहीलेकमा पुग्दा  यस्तो अवस्थामा थियो जिप

बैतडी : यपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। ५ यात्रुले हाम फालेर ज्यान जोगाएका छन्। मंगलबार मध्यराति पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो।

जिप यात्रु र सरसामानले भरिभराउ थियो। झुलाघाटबाट सदरमुकामस्थित शाहीले पुग्दा स्थानीय महेश भट्टले उक्त जिपको तस्बिर खिचेको भेटिएको छ। अहिले उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

तस्विरमा उक्त जिपमा सरसामान भरिभराउ देखिन्छ। ‘ओभरलोड’ का कारण दुर्घटना भएको र झुलाघाटबाट खोडपे पार गर्दा बाटोमा ट्राफिक प्रहरीका कैयो पोष्ट भएपनि चेकिङमा लापरबाही गरिएको भन्दै प्रहरीको आलोचना भइरहेको छ।

६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। ५ जनाले हामफालेर ज्यान जोगाएका थिए। उकालो सडकमा जिप ब्याक भएको चाल पाएपछि आफूहरुले हामफालेर ज्यान जोगाएको जिपमा सवार महेश बोहराले बताए।

दुर्घटनाग्रस्त जिपका चालक फरार छन्। घटनास्थलबाट शव झिकेर सडकमा राख्ने काम भइरहेको छ। मृतकका आफन्त पनि घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, गोरख बोहरा, नरे बोहरा, बिर्ख बोहरा, मान बहादुर धामी र बिरे बोहराको मृत्यु भएको छ। जिपमा चालकसहित १२ जना सवार थिए। 

 

प्रतिक्रिया