बैतडी : खोडपे बझाङ सडकखण्ड अन्तरगत जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको पाटन नगरपालिका८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भारतमा रोजगारी गरेर नयाँ वर्ष ९विशु० का लागि घर फर्कदै गरेका बझाङको केदारस्युँ गाउँपालिका ५ बाँझका जंगी बोहरासहित ११ जना मिलेर जिप रिजर्भ गरे । मंगलबार अप्रान्ह झुलाघाट बाट जिपमा बसेका उनिहरु राती १० बजे खोडपे पुगे।
हाम फालेर सकुसल रहेका जंगी बोहराले खोडपे मै बास बस्न आग्रह गर्दा चालकले बाग्थला बस्ने भन्दै खोडपेबाट खाना खाएर लगत्तै हिनाएको बताए । ‘खाना खाएर आइहाल्यौँ, मैले त खोडपे नै बसौँ भनेको चालकले बाग्थला बसौँ भन्नुभयो,’ अनि खाना खाएर बाग्थलातर्फ लागे बोहराले भने ।
खोडपेबाट करिब ७ किलोमिटर बझाङतर्फ पाटन नगरपालिका ८ को झौलेक मोडको उकालोमा गुडिरहेको गाडी एक्कासी पछाडी धकेल्लिदा दुर्घटना भएको हो । जिप सडक किनारबाट भिरतर्फ जाने क्रममा पछाडी सवार जंगी बोहरासहितका ५ जनाले हाम फालेर बच्न सफल भए भने जिपको अगाडी सवार रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सबै जना एकै गाउँका रहेको र सबै यात्रु भारतमा मजदुरी गर्ने र नयाँ वर्ष तथा बिसु मनाउन घर गइरहेका थिए ।
परिवारका लागि ल्याएको मिठो मसिनो र लुगाकपडा बोकेर परिवारको खुसी झौलेक मोडमै अस्तायो । “परिवार पाल्नभनि मजदुरी गर्न गएका हाँै परिवारको लागि ल्याएको सबै खुसी यहि दुर्घटनाले लग्यो,” जिपबाट हाम फालेका महेस बोहराले भने ।
दुर्घटनामा परेको जिप यसरी ओभरलोड भएर गएको थियो
दुर्घटनामा परेको जिप जुलाघाटबाट बझाङ जार्दै र्गदा शाहीलेमा यस्तो अवस्थामा थियो , ट्राफिक र प्रहरी मुखदर्शक प्रशासन मौन
तस्बिरस् : महेश भट्ट
प्रतिक्रिया