२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगास गाउँपालिकामा सम्पन्न दन्त शिविरबाट एक हजारबढीले सेवा लिए

SansherOnline SansherOnline
बुधबार २९, चैत २०७९ ०६:४६
सिगास गाउँपालिकामा सम्पन्न दन्त शिविरबाट एक हजारबढीले सेवा लिए

 

बैतडी : बैतडीको सिगास गाउँपालिकाको आयोजनामा सञ्चालित निस् शुल्क दन्त शिविर सम्पन्न भएको छ । डडेल्धुरा अस्पताल डडेल्धुराको प्राविधिक सहयोग तथा सिगास गाउँपालिकाको आयोजनामा यहिँ चैत २२ गते देखि सञ्चालन भएको निस्शुल्क दन्त शिविर सम्पन्न भएको हो ।

शिविरबाट एक हजारबढी नागरिकले सेवा लिएका छन् । ९ वटै वडामा सम्पन्न शिविरबाट १०५८ जनाले सेवा लिएको  गाउँपालिकाले जनाएको छ । 

४६४ जनाले दन्तरोग उपचार, ४१५ जनाले सामान्य चिकित्सा सेवा, ४० जनाको अपांगता पहिचान तथा स्तर निर्धारण, १२९ जनाले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा र १० जना महिलाले पाठेघर खसेका महिलाका लागि रिङ पेसरी सेवा लिएको गाउँपालिकाले जनाएको छ । 

यसैविच गाउँपालिकाले गाउघरमा नै स्वास्थ्य शिविर सञ्चालन गरेकोमा स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् । टाढा टाढाका अस्पतालमा गएर महंगोमा उपचार गर्नुपर्ने कतिपय स्थानिय लाइ शिबिर मार्फत राहत महसुस भएको सेवाग्राहीले बताएका छन् ‌‌।

२२ गते देखि २८ गते सम्म सञ्चालन भएको स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

प्रतिक्रिया