२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी जिप दुर्घटना : ६ जनाको मृत्यु परिचय खुल्यो, प्रमुख जिल्ला अधिकारी घटनास्थलमा

SansherOnline SansherOnline
बुधबार २९, चैत २०७९ ०५:३१
बैतडी जिप दुर्घटना : ६ जनाको मृत्यु परिचय खुल्यो, प्रमुख जिल्ला अधिकारी घटनास्थलमा

बैतडी : बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्युभएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्युभएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् । 

जीप दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा टोलि पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीको टोलि घटना स्थलमा पुगेको हो ।

जिपमा रहेका ५ जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कबिहिन् छन् । 

 घटनास्थलबाट शव ल्याउने कार्य बिहान मात्रै गरिने घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय र्बैतडीका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । 

प्रतिक्रिया