२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगासमा बालुवा निकाल्ने क्रममा पुरिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

SansherOnline SansherOnline
मङ्गलबार २८, चैत २०७९ १०:१६
सिगासमा बालुवा निकाल्ने क्रममा पुरिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बैतडी : बैतडीको सिगास गाउँपालिका २ मा बालुवा खानीमा पुरिएर थप एक जनाको मृत्यु भएको छ । बालुवा खानीमा पुरिएर घाइते भएका ६२ वर्षीय सालिभान सिंह धामीको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

मंगलबार साँझ ७ बजेको समयमा सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा  माथिबाट खसेको ढिस्कोले पुरिएर सोही वडाकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो ।  यौसँगै उक्त घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । 

ढिस्कोमा पुरिएर घाइते भएका क्रमान सिंह धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बालुवा निकाल्न गएका अन्य ३ जना सकुसल रहेका छन् ।  

प्रतिक्रिया