२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगासमा  बालुवा निकाल्ने क्रममा पुरिएर एक महिलाको मृत्यु

SansherOnline SansherOnline
मङ्गलबार २८, चैत २०७९ १०:०४
सिगासमा  बालुवा निकाल्ने क्रममा पुरिएर एक  महिलाको मृत्यु

बैतडी : बैतडीको सिगास गाउँपालिकामा बालुवा निकाल्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ। मंगलबार साँझ ७ बजेको समयमा सिगास गाउँपालिका–२ स्थित बालुवाखानीमा माथिबाट खसेको ढिस्कोले पुरिएर सिगास  गाउँपालिका –२ धौलाडीकी अन्दाजी ३३ वर्षीया राजमती भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरीश्र निरिक्षक योगेश खत्रीले जानकारी दिए । 

बालुवा निकाल्न गएका सालिभान सिंह धामी र उमेर नखुलेका संक्रमान सिंह धामी घाइते भएका छन् । उनिहरुलाई उपचारको लागि डडेल्धुरा लगिएको छ अन्य ३ जना सकुसल रहेका छन् ।  

प्रतिक्रिया