२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बजेट व्यवस्थापन तथा कार्यान्वयनमा बैतडीमा डिलासैनी पहिलो दोश्रो स्थानमा सिगास

SansherOnline SansherOnline
मङ्गलबार २८, चैत २०७९ ०५:२२
बजेट व्यवस्थापन तथा कार्यान्वयनमा बैतडीमा डिलासैनी पहिलो दोश्रो स्थानमा सिगास

 बैतडी : बजेट व्यवस्थापन तथा कार्यान्वयनमा  बैतडीको हकमा डिलासैनी पहिलो नम्बरमा रहेको छ समान्य प्रशासन मन्त्रालय अन्तरगतको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनले तयार पारेको रिर्पोटमा बैतडी जिल्लाका १० स्थानीय तहमध्ये डिलासैनी गाउँपालिकाले ६५ अंक प्राप्त गरेको छ ।  

जिल्लाको दोश्रो स्थानमा सिगास गाउँपालिका रहेको छ  १० स्थानीय तहमध्ये  सिगासले पनि ६५ अंक प्राप्त गरेको छ डिलासैनी गाउँपालिका र  सिगास गाउँपालिकाले समान ६५÷६५ अंक पाएका छन् । 

समान्य प्रशासन मन्त्रालय अन्तरगतको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनले तयार पारेको रिर्पोटमा बैतडी जिल्लाका १० स्थानीय तहमध्ये डिलासैनी गाउँपालिका र सिगास गाउापालिकाको समान ६५÷६५ अंक प्राप्त गरेका छन् । 

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिबेदन, अनुगमन, मुल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थपान गरी १० ओटा बिषयक्षेत्रमा गरिएको मुल्याङ्कनमा बैतडीको हकमा सबैभन्दा उत्तम डिलासैनी गाउँपालिकामा बजेट सम्बन्धी कार्यान्वयनमा सन्तोसजनक रहेको पाइएको हो । 

समान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याकंन कार्यविधि २०७७’ जारी गरेको छ । सोही अनुसार स्थानीय तहमा भइरहेको वित्तीय व्यवस्थापन तथा जोखिमका बारेमा मल्याङ्कन गर्दै आएको छ । 

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरू पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहमा वित्तीय सुशासन संस्थागत गर्ने मुख्य उद्देश्य रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका लेखापाल भवानी  भट्टले बताए । एक सय सूचक तथा प्रश्नको आधारमा मूल्याङ्कन गरिएको सो प्रतिवेदनले स्थानीय तहमा वित्तिय व्यवस्थापन गर्न  प्रेरित गर्ने उनले बताए ।

प्रतिक्रिया