२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन शिलान्यास

SansherOnline SansherOnline
मङ्गलबार २८, चैत २०७९ ०६:३८
जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन शिलान्यास

 

दार्चुला : दार्चुलामा नेपाल प्रहरीको नयाँ भवन निर्माणको लागि शिलान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको भवन निर्माणको जिल्ला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले शिलान्यास गरेका छन् । 

जीर्ण भवनमा बस्दै आएका प्रहरीको लागि अत्याधुनिक नयाँ भवन निर्माण सुरु गरिएको हो । आसिस जोयन्ट भेन्चरले कुल ११ करोड लागतमा भवन निर्माण सुरु गरेको छ । १८ महिनाभित्र भवन निर्माण सक्ने गरी काम अघि बढेको हो । 

जमिन अभावका कारण तीन तले भवन निर्माण गरिन लागेको डिएसपी पाण्डेले बताए । भवनभित्र थुनुवा कक्ष, हिरासत कक्ष, व्यारेक, कार्यालय प्रमुखको निवास, आन्तरिक शाखाहरु निर्माण हुनेछ । 

पुराना भवनहरु भत्कार नयाँ भवन निर्माण गर्न लागिएको हो । ०७० सालको बाढिले जिल्ला प्रहरी कार्यालयको पछाडिको केही भूभाग नदीले कटान गरेको छ । नदीले कटान गरेको क्षेत्रभन्दा माथि भवन निर्माण थालिएको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुलामा हाल १३० जनाको दरबन्दी रहेको छ ।

प्रतिक्रिया