२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पाटन नगरपालिकाका ११ विद्यालयको समायोजन

SansherOnline SansherOnline
सोमबार २७, चैत २०७९ १०:५९
पाटन नगरपालिकाका ११ विद्यालयको समायोजन

बैतडी : बैतडीको पाटन नगरपालिकाले विद्यालय समायोजन प्रक्रिया अघि बढाएको छ । यसअघि अनुगमन गठन गरेको कार्यदलले बुझाएको मस्यौदामाथी छलफल गरी नगर शिक्षा समितिल पनि आवस्यक निर्णय गरेको छ । नगरपालिकाका ११ विद्यालयका तह समायोजन हुने भएका छन् । 

नगर शिक्षा समितिको निर्णयलाई कार्यपालिकाको बैठकबाट निर्णय गरी कार्यान्वयनको चरणमा लैजाने नगरपालिकाले जनाएको छ । 

कक्षा ३ सम्म सञ्चालनमा रहेको वडा नं ४ को नागार्जुन सैपाल आधारभुत विद्यालय खोल्सी शिशु कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ३ सम्मका पढाई हुने गरेकोमा ११ जना मात्रै विद्यार्थी थिए । 

वडा नं १ को ज्ञानज्योती आधारभुत विद्यालय गणेशपुर पनि शिशु कायम रहने भएको छ । 
वडा नं ७ को दानखोलामा रहेको चतुरभुज आधारभुत विद्यालय कक्षा ३ सम्म कायम रहने छ । यसअघि कक्षा ५ सम्म अध्यान अध्यापन हुदै आएको थियो । 

वडा नं १ को गरालेकमा रहेको दुर्गाबताल आधरभुत विद्यालय  पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्यान अध्यापन हुदै आएको थियो । 

वडा नं १ कै भुवनेश्वरी आधारभुत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने भएको छ । यस अघि कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । 

वडा नं २ को भूमिराज आधारभुत विद्यालय टोटी पोखरी कक्षा ३ सम्म कायम रहने भएको छ । यस अघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाई हुदै आएको थियो । 

वडा नं ३ को सुकाबैना आधारभुत विद्यालय सुकाबैनालाई कक्षा ३ सम्म कायम गरिएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । 

वडा नं १० मा रहेको सिश द्धसिगास आधारभुत विद्यालय पनाली पनि शिशु कायम रहने भएको छ । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाई हुने गरेको थियो । 

वडा नं ३ मा रहेको सरस्वती आधारभुत विद्यालय कल्तडीलाई पनि कक्षा ३ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुदै आएको थियो । 

वडा नं ५ को उदयदेव आधारभुत विद्यालय धन्चुली कक्षा ५ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाई हुदै आएको थियो । 

वडा नं ६ को डाणाबाग आधारभुत विद्यालय हिरापुरलाई कक्षा ५ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुदै आएको थियो । 

शिक्षक समायाजनको विषयमा पनि छलफल भइरहेको छ । शिशु कायम रहेका विद्यालयमा माथिल्लो तहका सबै शिक्षकहरुको सरुवा गरिने छन् । कुन विद्यालयमा सरुवा गर्ने भन्ने टुंगो लाग्न बाकी छ । केहि अन्य विद्यालयमा पनि शिक्षक थपघट गर्ने बताइएको छ ।

प्रतिक्रिया