बैतडी : बैतडी जिल्लामा रहेको पुर्चौडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बनाउने निर्णय भएको छ । विश्वविद्यालय सभाले उक्त निर्णय गरेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले जानकारी दिए ।
उनका अनुसार पुर्चौडी क्याम्पससंगै ५ वटा क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ । बिष्टले डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, बझाङ दिप बहुमुखी क्याम्पस, बझाङकै सुनकुडा बहुमुखी क्याम्पस र कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई पनि आंगिक बनाउने निर्णय भएको जानकारी दिए ।
आंगिक बनाउने निर्णय भएको छ,’ उनले भने, ‘अब विश्वविद्यालय अनुदान आयोग हुँदै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्विकृतिका लागि प्रक्रिया अगाडि बढछ् ।
यसअघि सुदूरपश्चिमका १५ सामुदायिक क्याम्पसलाई आंगि क्याम्पस बनाइएको थियो । बैतडीमा भने जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक बहुमुखी मेलौली सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेका थिय ।
प्रतिक्रिया