२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीमा जिप दुर्घटना  एक जनाको मृत्यु, तीन घाइते

SansherOnline SansherOnline
सोमबार २७, चैत २०७९ ०९:२३
कैलालीमा जिप दुर्घटना  एक जनाको मृत्यु, तीन घाइते

 

कैलाली : कैलालीमा आइतबार जिप दुर्घटना हुँदा एसईई दिएर घर फर्किरहेका एकजना विद्यार्थीको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ । मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको प्रहरीले हो । 

यस्तै सोही दुर्घटनामा परेका १७ बर्षीय हरिश धामी, १८ बर्षीया सरस्वती र १६ बर्षीय प्रकाश धामी घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । 

सु.प. प्र. ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । जिप चालक नरसिँह धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
 

प्रतिक्रिया