२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी घर भएका तिलकसिंह पेला बने 'शिलापत्र वर्षकलाकार

SansherOnline SansherOnline
आइतबार २६, चैत २०७९ १०:११
बैतडी घर भएका तिलकसिंह पेला बने 'शिलापत्र वर्षकलाकार

 

बैतडी घर भएका गायक तथा संगीतकार तिलकसिंह पेला ‘शिलापत्र वर्षकलाकार २०७९’ चयन भएका छन् । विधा विज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा शास्त्रीय संगीतका साधक ४४ वर्षे पेलालाई ‘वर्षकलाकार’ चुनिएको हो । पेलाले वर्ष २०७९ मा गाएको ‘के लत बस्यो’ बोलको गजल सबै उमेर समूहमा लोकप्रिय बनेको छ ।

मनोनयनमा परेका ९ कलाकारमध्ये पेलालाई वर्षकलाकार २०७९ बनाउन उनको पक्षमा कुल २९ दशमलव ७ प्रतिशतले मत हालेका छन् । सर्भेक्षणमा सातै प्रदेशका ७ हजार सर्वसाधरण सहभागी भएका थिए । यसैगरी वर्षकलाकार विधाअन्तर्गत ‘समाचार निर्माता २०७९’ मा अभिनेता प्रदीप खड्का, गायिका एलिना चौहान, कमेडियन अपूर्व क्षितिज र अभिनेत्री मिरुना मगर चुनिएका छन् । 

मनोनयन र छनोट प्रक्रियाको विस्तृत विवरण केही दिनमा सार्वजनिक गरिने बताइएको छ । 

प्रतिक्रिया