२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

रास्वपा सांसद श्रेष्ठ निलम्बनमा, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण

SansherOnline SansherOnline
आइतबार २६, चैत २०७९ ०८:५९
रास्वपा सांसद श्रेष्ठ निलम्बनमा, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाण्डौ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाराम श्रेष्ठ निलम्बनमा परेका छन् । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसका लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आज सार्वजनिक भएपछि उनलाई पार्टीले तत्कालका लागि निलम्बन गरेको हो ।

रास्वपाले पार्टीको साधारण सदस्य र सांसदको रूपमा कुनै पनि काम र क्रियाकलाप गर्न नपाउने गरी श्रेष्ठलाई तत्कालका लागि निलम्बन गरेको महामन्त्री डाक्टर मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ । रास्वपाले सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ ।  

यस्तै पार्टीले सांसद ढाकाराम श्रेष्ठ र दुर्गा प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य÷तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया