२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षाको सम्भावना

SansherOnline SansherOnline
आइतबार २६, चैत २०७९ ०८:२६
सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षाको सम्भावना

 

काठमाडौं : हाल देशका पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश गण्डकी प्रदेश,  र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

प्रतिक्रिया