२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङमा एक महिलाको नगद रकम लुटपाट

SansherOnline SansherOnline
शनिबार २५, चैत २०७९ १०:३७
बझाङमा एक महिलाको नगद रकम लुटपाट

 

बझाङ : बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट भएको छ।

चौधारी मेलामा जेरि मिठाई पसल राखेर व्यापार गरिरहेकि दुर्गाथली गाउँपालिका–५ सैनकि मनकला जप्रेलकोे गयराति शुक्रबार सुतेको समयमा पसलबाटै करिब एक लाख बढी रकम अज्ञात समुहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ। सदरमुकाम चैनपुरमा बस्दै आएकि जप्रेल चैत २० गतेदेखि छबिस पाथिभेरा गाउँपालिका–३ मा लागेको बान्नि चैतली मेलामा मिठाइ बेच्न दुर्गाथलीेको चौधारी मेलामा पुगेकि थिइन्।

चार पाँच दिनदेखि मेलामा रातदिन मिठाइ बेचेर कमाएको पैसा सिरानिमा राखेर पसलमा सुतिरहेको अवस्थामा ४ जनाको समुहमा आएका युवाहरुले हेर्दाहेदै तानेर लगेको र आफुले केहि गर्न नसकेको जप्रेलले बताइन। श्रिमानको मृत्युपछि मिठाइ व्यापार गरेर छोराछोरी पढाइ रहेकोमा कोरोना माहामारीले व्यापार नै ठप्प भएपछि उनले यो पटक मात्रै मिठाइ व्यापार गरेकि हुन्। आफ्नो पसिना बगाएर कमाएको पैसा लुटपाट पछि उनी शोकमग्न भएकि छन्।

दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले घटनाको बारेमा बुझ्दै शनिबार पिडित महिलालाई भेटेर गाउँपालिकाको तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। उनले पिडित महिलासँग घर जाने पैसा समेत नभएकाले तत्काल व्यवस्थापनको लागि १० हजार रुपैया सहयोग गरेका छन्।पिडित महिलाले शनिबार लुटेराहरुको खोजि गरेर कारवार्हिको माग गर्दै इलाका प्रहरी कार्यलय विसौनामा निवेदन दिएकि छन्। उक्त घटनाको विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया