बैतडी : बैतडीको सुर्नया गाउँपालिका– २ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा किरियापुत्रीले एसइईको परीक्षा दिइरहेका छन् ।
पाटन नगरपालिका–४ का किशोर महरा बुवाको किरिया बसिरहेकै अवस्थामा परीक्षा दिइरहेका हुन् । उनले २२ गतेसम्म किरिया बसिरहेकै अवस्थामा परीक्षा दिएका हुन् ।
उनका बुवाको गत चैत १२ गते भिरबाट खसेर निधन भएको थियो । ११ दिनसम्म किरिया बस्ने हिन्दुधर्मको संस्कारअनुसार बुवाको किरिया गरिरहेका उनले
सोही अवस्थामा परीक्षा दिएका हुन् । महरा भुमेश्वर मावि ठाँडमा अध्ययनरत विद्यार्थी रहेको खुलेको छ ।
प्रतिक्रिया