बैतडी : दशरथचन्द नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ।
कक्षा १ देखि ३ सम्म आधारभूत तहको पाठ्यक्रम तयार पारेको हो। स्थानीय भाषा अर्थात डोटेली भाषामा पाठ्यक्रम तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले बताए। देवनागरी लिपिमा डोटेली भाषामा आधारभूत तहको पाठ्यक्रम तयार पारिएको उनले बताए। पाठ्यक्रममा स्थानीय भाषा, भेषभुषा, कला संस्कृति, धार्मिक तथा पर्यटकीय क्षेत्रका बिषयमा समेटिएको उनले बताए।
आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरेर पाठ्यक्रम तयार पारिएको हो। नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र संघीय सांसद दामोदर भण्डारीले संयुक्त रुपमा पाठ्यक्रम सार्वजनिक गरेका हुन्। स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने भएकाले पाठ्यक्रम तयार पारिएको हो।
बैतडीमा पहिलो पटक स्थानीय भाषामा पाठ्यक्रम तयार पारिएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख भट्टले बताए। उनले भने ‘हामीले शिक्षा क्षेत्रका व्यक्तित्वहरुको सुझावका आधारमा स्थानीय भाषामै स्थानीय पाठ्यक्रम तयार पारेका हौं।’
प्रतिक्रिया