बैतडी : सुदूरपश्चिममा शुक्रबार थप १९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ६८३ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये १८ जना कैलालीका र एकजना कञ्चनपुरका रहेका निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमणदर बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
प्रतिक्रिया