२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दशरथचन्द नगरपालिकाले आज लोगो र टोल फ्री नम्बर सार्बजनिक

SansherOnline SansherOnline
शुक्रबार २४, चैत २०७९ ०६:३६
दशरथचन्द नगरपालिकाले आज लोगो र टोल फ्री नम्बर सार्बजनिक

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले २७ वर्षपछि स्थापना दिवस मनाएको छ । शुक्रबार एक कार्यक्रमकाबीच पहिलोपटक स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नगरपालिकाले केहि नयाँ कार्यको सुभारम्भ गरेको छ । 

कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम  सार्बजनिक गरिएको छ । हेलो मेयर कार्यक्रम अन्तरगत टोल फ्री नम्बर पनि र्साजनिक गरिएको छ । टोल फ्री नम्बर १८१०५०००१०२ रहेको छ । यस नम्बर केहि समस्या, सुझाव वा गुनासो फोन गर्न सकिने छ । यस नम्बरमा प्रत्येक शुक्रबार १ बजेदेखि ३ बजेसम्म प्रतक्ष मेयरसँग कुराकानी गर्न सकिने बताइएको छ ।  

यसैगरी नगरपालिकाको आधिकारीक छुट्टै प्रतिक चिन्ह अर्थात लोगो पनि सार्बजनिक गरेको छ सार्वजनिक गरेको लोगोमा अमर शहीद दशरथ चन्दको तस्बिरमा दाँया–बाँया दुईओटा लालीगुराँशको फूल, मध्य भागमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, ग्वाल्लेकेदार, ईश्वरीगंगा धाम, जगन्नाथ लगायत प्रमुख धार्मिक पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ

लोगो निर्माण गर्नै दशरथचन्द नगरपालिका ९ का ललित प्रशाद जोशीलाई पुरस्कार समेत प्रदान गरिएको छ । उनलाई नगद २५ हजार रुपैया पुरस्कारको घोषणा गरिएको छ । 

संघीय सांसद दामोदर भण्डारी र नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् । नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको प्रथम नगर स्थापना दिवसमा संघीय सांसद भण्डारी प्रमुख अतिथी रहेका थिए । 

कार्यक्रममा नगर उपप्रमुख कौशिला चन्द, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख, स्थानीय नागरिक लगायतको सहभागिता छ । 

प्रतिक्रिया