२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

कोरोनाकाे जोखिम रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन बैतडीको आग्रह

SansherOnline SansherOnline
शुक्रबार २४, चैत २०७९ ०९:१२
कोरोनाकाे जोखिम रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन बैतडीको आग्रह

बैतडी : कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपाउन आग्रह गरेको छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको नेपालमा पनि नयाँ भेरिएन्टका बिरामी फेला परेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बैतडी पनि भारतसंग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ । जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुलाई सेनेटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । 

यस्तै भीडभाड हुने खालका कार्यक्रममा सके सम्म नजान आग्रह गरिएको छ । कोरोना संक्रमणदर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

 

प्रतिक्रिया