२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा कांग्रेसको बैठक सम्पन्न

SansherOnline SansherOnline
बिहिबार २३, चैत २०७९ ०६:४७
बैतडीमा कांग्रेसको बैठक सम्पन्न

बैतडी : नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको नवौं बैठक पाटनमा सम्पन्न भएको छ । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतमा बसेको बैठकले विभिन्न निर्णय पारित गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

बैठकले पाटन नगरपालिका समितिको कार्यवाहक सभापतिको जिम्मेवारी नगर उपसभापति रमेश महरालाई दिने निर्णय गरेको छ । नगर सभापति मानबहादुर ऐर अनुशासनको कारवाहीमा परेपछि महरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । यस्तै नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ बैतडीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुरत पार्कीलाई दिने निर्णय भएको छ । दलित संघका अध्यक्ष रमेश कोली अनुशासनको कारवाहीमा परेपछि पार्कीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । 

यस्तै वैशाख ३० गतेभित्र वडा सम्मेलन गरिसक्ने निर्णय भएको सचिव जोशीले बताए । ८४ ओटै वडामा वडा सम्मेलनको तयारीका लागि समेत आग्रह गरिएको छ । 

यस्तै आगामी जेठ १५ गतेपछि पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने अभियान सञ्चालन गर्ने निर्णय भएको सचिव जोशीले बताए ।

प्रतिक्रिया