२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दनपाका जनप्रतिनिधी र कर्मचारीद्वारा बसपार्क र बजार क्षेत्रको सरसफाई

SansherOnline SansherOnline
बिहिबार २३, चैत २०७९ ०३:३५
दनपाका जनप्रतिनिधी र कर्मचारीद्वारा बसपार्क र बजार क्षेत्रको सरसफाई

 

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले बजारको सरसफाई गरेका छन् । नगरपालिकाको गोठालापानी, गढी र साहिलेक बजार क्षेत्रमा आज सरसफाई गरेको नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाई) ले जानकारी दिए । जनप्रतिनिधी र नगरपालिकामा कार्यरत सबै कर्मचारी मिलेर बजार क्षेत्र संगै बसपार्क र सडकको सरसफाई गरीएको उनले बताए । 

नगरपालिकाले यही चैत्र २४ गते आफ्नो स्थापना दिवस मनाउदै छ । नगरपालिकाको स्थापना दिवसको पुर्व सन्ध्यामा बजार क्षेत्र र सडकको सरसफाई गरीएको पालिकाले जनाएको छ ।

भोली नगरपालिकाले २७ औं बर्षमा प्रवेश गरेको अवसरमा प्रथम स्थापना दिवस विविध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाउदैछ । 

प्रतिक्रिया