२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलाका एमाले उपाध्यक्षले ढुङ्गा हान्दा काङ्ग्रेसका पुर्व सचिव घाइते

SansherOnline SansherOnline
बिहिबार २३, चैत २०७९ ०७:२८
दार्चुलाका एमाले उपाध्यक्षले ढुङ्गा हान्दा काङ्ग्रेसका पुर्व सचिव घाइते

 

दार्चुला : नेकपा एमाले दार्चुलाका जिल्ला उपाध्यक्ष चरन सिंह बुढाथोकीको ढुङ्गा प्रहारबाट काङ्ग्रेसका पुर्व जिल्ला सचिव हरक बिष्ट घाइते भएका छन्।

बुधबार राती करिब पौने ९ बजेतिर महाकाली नगरपालिका-४ सुपथ मुल्य पसल अगाडि बुढाथोकीले बिष्टमाथि ढुङ्गा प्रहार गर्दा उनको हात र खुट्टामा चोट लागेको छ।

घटनाबारे प्रहरीलाई जानकारी दिइएको छ। बिष्टको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ। घटना किन र कसरी भयो? त्यसको सम्पुर्ण विवरण खुलिसकेको छैन। 

प्रतिक्रिया