२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङमा एक जना कामदारको ढुंगा हानी हत्या

SansherOnline SansherOnline
बुधबार २२, चैत २०७९ ०८:२६
बझाङमा एक जना कामदारको ढुंगा हानी हत्या

 

 बझाङ  : बझाङमा एक जना कामदारको हत्या भएको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका ४ घर भइ छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति करिब ९ः३० बजे हत्या भएको हो । विकको सोही ठाउँका उदिप भनिने रोहन सुनारले मदिरा सेवन गरि सामान्य विवादका क्रममा हत्या गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी जागेश्वर भण्डारी बताए ।

उनका अनुसार बझाङमा ज्याला मजदुरी गर्दै आएका दुबै जनाबीच केही दिन सामान्य विवाद भएको र त्यही वदला लिन रोहनले गोपालको टाउमा ढुंगाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । रोहनले हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर फरार भएका थिए । मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जान बुधबार बिहान अनुपस्थित भएपछि अन्य मजदुरले उनीहरुको खोजी सुरु गरेका थिए । खोजीका क्रममा घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएपछि खोजीका क्रममा शव झाडीभित्र भेटिएको थिए ।

बुधबार बिहानैदेखि फरार सुनारलाई प्रहरीले खबर पाउनासाथ खोजी सुरु गरेको र बसमा भाग्दै गर्दा केदारस्युँको रायलबाट पक्राउ गरिएको डिएसपी भण्डारी बताए । पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया