२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

जीपको ठक्करबाट बैतडीमा एक पैदल यात्रीको मृत्यु

SansherOnline SansherOnline
बुधबार २२, चैत २०७९ ०८:१३
जीपको ठक्करबाट बैतडीमा एक पैदल यात्रीको मृत्यु

 

बैतडी : बैतडीमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ३ धौकुचेकी ७५ बर्षीया गौरा नाथको घटनास्थलमा नै मृत्यु भएको हो ।  

गोकुलेश्वर गन्ना सडकखण्डमा अन्तर्गत घर नजिकै धौकुचे सडकमा हिडीरहेको बेला बुधबार अपराह्न ४ बजेको समयमा सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले ठक्करबाट उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

चालक डिलाशैनी गाउँपालिका–१ का रोशन राना र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  । 

प्रतिक्रिया