२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

अबको ३ दिन पानी पर्ने सम्भावना कम, हावाहुरी चल्ने

SansherOnline SansherOnline
बुधबार २२, चैत २०७९ ११:०६
अबको ३ दिन पानी पर्ने सम्भावना कम, हावाहुरी चल्ने

 

अबको तीन दिन पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार बेलुकीपख पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना कम छ । पानी परे पनि एक/दुई ठाउँमा मात्रै पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज (बुधवार), भोलि (बिहीवार) र पर्सि (शुक्रवार) मौसम सामान्यतया सफा नै रहने अनुमान छ । बेलुकीपख बादल लागेका ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

यस्तै आज देशका धेरै ठाउँमा दिउँसोपछि हावाहुरी चल्ने अनुमान गरिएको छ । विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेश र तराईका जिल्लामा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । दिउँसोपछिको समयमा खेतबारीमा काम गर्दा र घरबाहिर निस्कँदा सचेत हुने मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया