२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

भारतबाट जुलाघाट हुँदै नेपाल आएका २जनामा काेभिडकाे संक्रमण

SansherOnline SansherOnline
मङ्गलबार २१, चैत २०७९ १०:१२
भारतबाट जुलाघाट हुँदै नेपाल आएका २जनामा काेभिडकाे संक्रमण

बैतडी : बैतडीको झुलाघाट नाका कोरोना परीक्षण गर्दा आज दुई जनामा कोरोना पुष्टि भएको छ । भारतबाट स्वदेश आउँदै गरेका बैतडीको मेलौली वडा नं ४ का २३ बर्षीय पुरुष र बझाङको बुंगलका एकजना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

झुलाघाट नाकामा १३३ जनाको कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएको हो । कोरोना देखिएका दुवै जनालाई स्वास्थ्यका मापदण्ड अपनाएर होम आइसोलेसनमा बस्ने गरेर पठाएको सूचना अधिकारी लेखकले जानकारी दिए । 

पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यस्तै कोरोना विरुद्धको बुस्टर डोज लगाउने कार्य भइरहेकाले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ । 

प्रतिक्रिया