२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका बस व्यवसायी हरेन्द्र मोटरसाइकल दुर्घटनामा परी  घाइते

SansherOnline SansherOnline
मङ्गलबार २१, चैत २०७९ ०९:०६
बैतडीका बस व्यवसायी हरेन्द्र मोटरसाइकल दुर्घटनामा परी  घाइते

 

बैतडी : बैतडीका बस व्यवसायी हरेन्द्र कार्की मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । गएको एक बर्ष यता कैलालीको गोदावरी नगरपालिका १ मा बस्दै आएका कार्की सोमबार राति मोटरसाइकल दुर्घटनमा परेका हुन् । 

कार्कीले चलाएको से १ प ७२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मोहनापुल अत्तरीया ६ लेन सडकमा दुर्घटनामा परेको हो । 

कार्कीको धनगढीस्थित मायामेट्रो अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । कार्की दशरथचन्द नगरपालिका ४ बिनासौंका बासिन्दा हुन् ।  उनी एक दशक यता बैतडी–धनगढी बस सेवा सञ्चालन गर्दै आएका छन् । 

प्रतिक्रिया