२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका तीन युवा ठगिए, फर्जी भिसा देखाएर डेढ लाख खाएको आरोप

SansherOnline SansherOnline
मङ्गलबार २१, चैत २०७९ ०८:५९
बैतडीका तीन युवा ठगिए, फर्जी भिसा देखाएर डेढ लाख खाएको आरोप

 

बैतडी : मलेसिया पठाई दिन्छु भन्दै बैतडीका तीन युवाबाट एकजनाले डेढ लाख असुल गरेर फरार भएका छन् । मलेसियाबाट भिसा आएको भन्दै फर्जी भिसा देखाएर शिवनाथका तीन जना युवाबाट शिवनाथ ६ कै नरेन्द्र भट्टले डेढ लाख खाएको आरोप लागेको छ । 

बैतडीको शिवनाथ गाउँपालिका–१ का शेर साउँद, सहदेव साउँद र दशरथसिंह साउँदबाट जनही ५० हजार असुलेर भट्ट फरार रहेका छन् । पैसा फिर्ता माग्दा भट्टले गाली गलौज गर्ने गरेको पीडितका दाजु मदनसिंह साउँदले बताए । 

भट्टले सोनी इन्टरन्यासलन रिक्रुटमेन्ट सर्भिसेजको कोअर्डिनेटर डाइरेक्टर र कोअर्डियल इन्टरन्यासनल प्रालिको प्रमुख कार्यकारी निर्देशक रहेको बताउने गरेको साउँदले बताए ।

भट्टको म्यानपावर कम्पनीको कार्यालय पुतली सडक र पिङ्गलास्थान, काठमाडौंमा रहेको उनले वितरण गरेको भिजिटिङ कार्डमा उल्लेख छ । डेढ लाख लिएर सम्पर्क बिहिन भएका भट्टले फोन पनि नउठाउने उठाएपनि पैसा फिर्ता दिनुको सट्टा उल्टै गालीगलौज र धम्की दिने गरेको पिडितको गुनासो छ ।

यो बिषयमा समान्य जानकारी आएको र थप बुझ्ने काम भइरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

प्रतिक्रिया