२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दनपाले नगरपालिकाभित्रका ११ ओटै स्वास्थ्यचौकीलाई ल्यापटप दियो

SansherOnline SansherOnline
मङ्गलबार २१, चैत २०७९ ०४:०१
दनपाले नगरपालिकाभित्रका ११ ओटै स्वास्थ्यचौकीलाई ल्यापटप दियो

 

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाभित्र रहेका ११ ओटै स्वास्थ्यचौकीलाई ल्यापटप उपलब्ध गराएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गर्नका लागि स्वास्थ्यचौकीहरुलाई ल्यापटप उपलब्ध गराएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । 

स्वास्थ्यका विभिन्न तथ्यांकहरु अनलाइनबाट भर्नुपर्ने भएकाले ल्यापटप वितरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । स्वास्थ्यका सूचनाहरुलाई व्यवस्थित गर्नका लागि अब सहज हुने उनले बताए । उनले भने ‘स्वास्थ्यसंस्थाबाट विभिन्न तथ्यांकहरु प्राप्त गर्न असहज भइरहेको थियो । अब प्रत्येक वडाका स्वास्थ्य संस्थामा ल्यापटप वितरण गरिएको छ । अब तथ्यांक संकलनमा सहज हुने भएको छ ।’

सोमबार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यचौकी प्रमुखहरुलाई नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले ल्यापटप हस्तान्तरण गरेका सूचना अधिकारी बिष्टले जानकारी दिए । 

ल्यापटप हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा ध्यान दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । नगरपालिकाले स्वास्थ्य क्षेत्र सुधारका लागि पहल गरिरहेको उनको दाबी थियो ।  

प्रतिक्रिया