२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

एक सातामै बैतडीकी   तीन युवती बेपत्ता , खोजी कार्य जारी

SansherOnline SansherOnline
मङ्गलबार २१, चैत २०७९ ११:५९
एक सातामै बैतडीकी   तीन युवती बेपत्ता , खोजी कार्य जारी

 

बैतडी : जिल्लाका तीन युवती बेपत्ता भएका छन्।  जिल्लाको मेलौली नगरपालिकाकी  दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएकी हुन्। 

मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहिन भएकी छन्। सोमबार बिहान ३ बजेतिर एक वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए। भाउजु सम्पर्कविहिन भएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय  मेलौलीमा निवेदन दिएको छ। 

सम्पर्कविहिन भएकी लक्ष्मीका श्रीमान राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका छन्। पोखरेलका दुई छोरा रहेको बताइएको छ।

यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी घर भएकी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता रहेकी छन्। यही चैत १६ गते घरबाट एक्कासि हिँडेकी पार्वती अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ। पार्वतीका श्रीमान सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन्।  पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ।

जिल्लाको पाटन नगरपालिका वडा नं ४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता भएकी हुन्। यहि चैत १५ गतेबाट छोरी सम्पर्कविहिन भएकी गोमतीका  बुवा दिलिप लाबड जानकारी दिए। चैत १५ गते देहिमाण्डौं जात्रा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिले सम्म घर फर्किएकी छैनन्।

यता इलाका प्रहरी कार्यालय तस्वदेहीका प्रमुख नारायण पन्तले युवती बेपत्ता भएको जानकारी प्राप्त भएको र खोजी कार्य जारी रहेको बताए। 

 

प्रतिक्रिया