२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको सदरमुकाममा खेलमैदान बन्दै

SansherOnline SansherOnline
मङ्गलबार २१, चैत २०७९ ०९:३४
बैतडीको सदरमुकाममा  खेलमैदान बन्दै

बैतडी : बैतडी जिल्लाले हरेक खेलका राष्ट्रिय तथा अन्तरराष्टिय खेलाडीहरु उत्पादन गरेको छ । केहि क्रिकेटरका कारण बैतडी खेलाडीको जिल्ला भनेर समेत चिनिन्छ । तर यहाँ एउटै पनी व्यवस्थीत खेल मैदान छैन् । यति सम्मकी जिल्ला स्तरीय प्रतियोगीता समेत सडकमै गराएका कयौँ उदाहरण छन् । यहि समस्यालाई मध्यनजर गर्दै अहिले दशरथचन्द नगरपालिकाले जिल्ला सदरमुकाम स्थीत जगन्नाथ बहुमुखी क्याम्पस(JMC)मा व्यवस्थीत खेल मैदान बनाउन लागेको छ । 

काठ्माण्डौँ स्थीत त्रिभुवन विश्वविद्यालय खेल मैदानकै स्वरुपमा बैतडीको खेल मैदान बनाउने नगरपालिकाको दावी छ । नगरपालिकाका मेयर पुष्कर राज जोशी लख्खाभाई आफै राष्ट्रिय स्तरका खेलाडी समेत भएकाले खेल क्षेत्रलाई प्राथमिकता दिदैँ आएका छन् । 

मेयर जोशीले भने,‘यो खेल मैदानलाई इन्डोर र आउटडोर सबै खेलहरु खेलाउने स्तरको बनाइनेछ । जिल्ला स्थीत सभासमारोह तथा महोत्सव यसै मैदानमा गर्न सकिनेछ । प्याराफीट र पार्किङ्ग पनि बनाउछौँ, क्रिकेट, भलिवल, एथ्लेटिक्स लगायतका सबै खेलहरु यसै मैदानमा आयोजना गर्न सकिने खालको मैदान निर्माण गर्ने लक्ष्य छ । अहिले बजेटको अभाव छ, प्रदेश सरकारको १०लाख रकमबाट काम सुरु गरेका हौँ, अहिले नगरपालिकाको ५०लाख बजेटमा काम हुदैँ छ । अब हामीसंग २ करोड जति रकम भएमा खेल्न लायक मैदान बन्नेछ भने निरन्तर रुपले स्तरोन्नती गर्नेछौँ । बजेटको व्यवस्थाका लागि पहल गरिरहेका छौँ ।’

अहिले खेल मैदानको तलपट्टी बाट ग्याविन जाली सहितको पर्खाल लगाउने काम भैरहेको छ । शिवसंकर निर्माण सेवाले उक्त कार्य गरिरहेको छ । 

ठेकेदार बिरेन्द्र पाण्डेयले भने,‘अहिले ४मिटर चौडाई र साढे ४मिटर उचाईको ९० मिटर लामो प्रखाल लगाइरहेका छौँ । प्रखाल सम्पन्न गरेर फिलिङ्ग गर्दा सम्म मैदान प्रयोग गर्न लायक बन्ने छ । खेलमैदान बनिरहेको देखेर खेलाडी तथा खेलप्रेमीहरु उत्साहीत छन् ।’

खेलमैदानका लागी जगन्नाथ बहुमुखी क्याम्पससंग प्रयाप्त जमिन रहेको छ । क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले भने‘अहिले दशरथचन्द नगरपालिकाको लगानीमा मैदान बनिरहेको छ । यसलाई सुदुपश्चिम विश्वविद्यालय, जगन्नाथ बहुमुखी क्याम्पस खेलमैदान नामाकरण गरिनेछ र क्याम्पसको अनुमती लिएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलहरु समेत गर्न सकिनेछ ।’ 

उक्त खेल मैदान अहिले ९० मिटर लम्वाई र ४५ मिटर चौडाईको बनाइदैँछ । जिल्ला सदरमुकाममा बन्दै गरेको उक्त मैदानले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा मद्यत पयाउने खेलाडीहरुको विश्वास छ । 

जिल्ला खेलकूद समिति अध्यक्ष चमन भण्डारीले भने,‘एउटा व्यवस्थीत खेलमैदान निर्माण भएपछि जिल्ला सदरमुकाम र आसपासका खेलाडीहरुलाई अभ्यास खेलहरुका लागी निकै सजिलो हुनेछ भने प्रतियोगीताहरु सञ्चालनका लागि सहज हुनेछ । अहिले केहि विद्यालय र क्याम्पसका खेल मैदानहरु भएपनी व्यवस्थीत छैनन् । जिल्लामा सुरुवात गरिएका कुनैपनी मैदान निर्माणको काम पुरा हुन सकेको छैन् । काम चलाउ आधारमा रहेका खेलमैदान व्यवस्थीत बनाउन जरुरी छ ।’

प्रतिक्रिया