२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु , घाइतेको उद्धार जारी

SansherOnline SansherOnline
सोमबार २०, चैत २०७९ १२:५७
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु , घाइतेको उद्धार जारी

 

बैतडी : बैतडीमा जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुर स्थित भिटा भन्ने स्थानमा सोमबार बिहान ११ बजेको समयमा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नं को जिप दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् ।

जिपमा सवार १२ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ११ जना घाइते भएका छन् । उनिहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । 
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेत्तृतवमा सुरक्षा निकायका प्रमुखहरुको टोली समेत घटनास्थलचर्फ गइरहेको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब ७० मिटर तल खसेको छ । 

प्रतिक्रिया