२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको सिगासमा २२ गते देखि २८ गते सम्म नि:शुल्क दन्त शिविर सञ्चालन

SansherOnline SansherOnline
सोमबार २०, चैत २०७९ ०९:२३
बैतडीको सिगासमा २२ गते देखि २८ गते सम्म नि:शुल्क दन्त शिविर सञ्चालन

बैतडी : बैतडीको सिगास गाउँपालिकाको आयोजनमा दन्त शिविर सञ्चालन हुने भएको छ । डडेल्धुरा अस्पताल डडेल्धुराको प्राविधिक सहयोग तथा सिगास गाउँपालिकाको आयोजनामा यहिँ चैत २२ गते देखि २८ गते सम्म नि:शुल्क दन्त शिविर सञ्चालन हुन लागेको हो ।

गाउँपालिकाले सूचना प्रकाशित गर्दै गाउँपालिका भित्रका सबै वडाहरूमा मध्यनजर गर्दै शिविर सञ्चालन हुने जनाएको छ । चैत्र २२ गते वडा नं. १ र २ को लागि गाँजरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ, २३ गते वडा नं. ३ को लागि सिगास स्वास्थ्य चौकी चमडेखर्कमा, २४ गते वडा नं. ५ को लागि ढुङ्गाड स्वास्थ्य चौकीमा, २५ गते वडा नं. ६ को लागि थालाकाँडा स्वास्थ्य चौकीमा, २६ गते वडा नं. ९ को लागि चौखाम स्वास्थ्य चौकीमा, २७ गते वडा नं. ७ र ८ को लागि शिवलिङ्ग स्वास्थ्य चौकीमा र अन्तिम दिन चैत्र २८ गते वडा नं. ४ का लागि सिगास गाउँपालिकको सदरमुकाम गर्जेमा दन्त शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

शिविरमा दाँत दुख्ने, दाँत हल्लिने, पीप आउने समस्याको उपचार तथा परामर्श, गिजा सम्बन्धी समस्याहरुको उपचार तथा परामर्श र मुखमा आउने घार, खटिरा र क्यान्सर सम्बन्धी उपचार तथा परामर्श सेवा दिइने गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया