२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

खोडपेमा होटल व्यवसाय सिकाउने राई रहेनन् , कोशीलाई ब्राण्ड बनाएका थिए

SansherOnline SansherOnline
आइतबार १९, चैत २०७९ ०५:५१
खोडपेमा होटल व्यवसाय सिकाउने राई रहेनन् , कोशीलाई ब्राण्ड बनाएका थिए

बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा रहेको कोशी होटेलका सञ्चालक नरेन्द्र कुमार राइको निधन भएको छ । लामो समयदेखी खोड्पेमा होटेल सञ्चालन गर्दै आएका राइको ७३ बर्षको उमेरमा उपचारका क्रममा शनिबार राती निधन भएको हो । पूर्व संखुवासभामा जन्मीएका राई बिसं ४० को दशकदेखी होटल व्यवसाय सञ्चालन गर्दै खोड्पेमा परीवार संगै बसोबास गर्दै आएका थिए । 

पहाड बाट तराइ र तराइबाट पहाड झर्ने यात्रुहरु स्वादीष्ट खाना खुवाएर आफूतर्फ तान्न सफल राईको निधनपछि खोड्पेका क्षेत्रका व्यापारी–व्यवसायी स्तब्ध छन् । ‘खोडपे क्षेत्रमा होटल व्यवसाय सिकाउने पहिलो व्यक्ति उहाँ नै हो,’ स्थानीय व्यवसायी सुरेन्द्र बिष्ट भन्छन्, ‘त्यसपछि उहाँकै सिको गरेर अरुले पनि होटल, रेष्टुरेन्ट खोले, तर कोशीको खानाको स्वादलाई अहिलेपनि कसैले टक्कर दिन सकेको छैन।’

सुदूरपश्चिम भन्दा बाहिरका यात्रु कोशी होटल र राई भन्ने बित्तिक्कै जिज्ञासा राखिहाल्थे, ‘तपाइँ यहाँ कसरी पुग्नुभयो?’ पूर्व संखुवासभाको राईको छोरा पश्चिम खोडपेमा जमेको देख्दा उनीहरु अचम्म मान्थे। सुदूरपश्चिमको पहाडी समाजसँगको अन्तरघुलनको किस्सा सुन्न उनीहरु लालायित हुन्थे। अब त्यो किस्सा सुनाउन राई खोडपेमा हुने छैनन। उनको पार्थिव शरीर धनगढीबाट खोडपेस्थित घर पु–याएर अन्तिम संस्कारको तयारी थालिएको छ। 

प्रतिक्रिया